Sunday, October 15, 2017

विश्व हात धुने दिवस

Slogan Of Global Handwashing Day                                2017

   "Our Hands, Our Future."

आज विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । विशेषज्ञहरुका अनुसार मानिसले सफासँग हात धुने बानी बसालेमात्र पनि धेरै रोगहरुबाट मुक्ति पाइन्छ । नियमित सफासँग हात धुने गरेमा धेरैजसो संक्रमणजन्य रोगहरु लाग्नबाट जोगिन सकिन्छ ।
हात धुनुलाई हामी सामान्य काम र हलुका रुपले लिन्छौं । हामी कतिको बानी त आफुले सम्झिएको बेला मात्रै हात धुने पनि गर्छौं । तर, यहि सामान्य केही मिनटको कामले हाम्रो स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । हात धुनाले हामीलाई सामान्य झाडापखाला देखि हेपाटाइटिस लगायतका प्राणघातक संक्रमणहरुबाट बचाउँछ ।

हात किन धुनुपर्छ ?

हामीले छुने हरेक वस्तुबाट हाम्रो हातमा दुषित बनाउने किटाणुहरु सरिरहेका हुन्छन । आँखाले प्रत्यक्ष नदेखिने हुनाले हेर्दा सफा लागेपनि हाम्रो हातमा बिभिन्न रोग लगाउने किटाणुहरुको भण्डार हुन्छ । कुनै कुरा खाँदा खानासँगै हामीले त्यो किटाणु पनि खान्छौं र त्यसले हाम्रो शरीरमा बिभिन्न रोगहरु निम्त्याउन सक्छ । त्यसैले हरेकपल्ट जुनसुकै कुरा खाँदाखेरी वा हात मुखमा लानुभन्दा अगाडी हात धुनु जरुरी छ ।

हात धुनाले कस्ता रोगबाट बचाउँछ ?

हात धुनाले पानीजन्य संक्रमणबाट सर्ने रोगहरुबाट बच्न सकिन्छ । झाडापखाला, हैजा, आउँ, टाइफाइड, हेपाटाइटिस ए, इ आदि रोगहरु दुषित हातको माध्यमबाट हाम्रो शरीरमा पस्न सक्ने भएकाले हात धुनाले यी रोगहरुबाट बच्न सकिन्छ ।
विशेषत बालबालिका र बुढाबुढीहरुमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यो उमेर समूहका मानिसहरु यी रोगबाट बढी संक्रमित हुन्छन ।

केही तथ्यहरु

पाँच वर्ष मुनिका बालबालिकाहरुको मृत्युको सबैभन्दा ठूलो कारण झाडापखाला र पानीजन्य संक्रमणबाट सर्ने रोगहरु हुन् ।
सहि तरिकाले साबुन पानीले हात धोएमा यसले संसारमा झाडापखालाबाट हुने मृत्युलाई आधा भन्दा बढी घटाउन मद्दत पुर्याउँछ ।
लन्डनमा गरिएको एक अध्ययनका अनुसार सबैले सहि तरिकाले हात धोएमा यसले वर्षेनी दस लाख मानिसहरुलाई मृत्युबाट जोगाउँछ ।
हात धुनाले हामीलाई केही हदसम्म आँखाको रोग ‘ट्राकोमा’, पेटमा पर्ने जुका, स्वासप्रश्वासबाट सर्ने रोगहरुबाट पनि बचाउँछ ।

कतिबेला हात धुने?

खाना खानु अघि
दिशापिसाब गरेपछि
खाना पकाउनु अघि
बिरामीहरुसँगको अन्तरक्रियापछि
कुकुर, बिरालो लगायत अरु कुनै घरपालुवा जनावरलाई छोएपछि
कुनै पनि फोहोर वस्तु छोएपछि

हात धुने सहि तरिका के हो ?

थोरै समय लगाएर वा पानीले मात्रै हात धुँदा यसले हाम्रो हातलाई पुरै किटाणुमुक्त गराउँदैन । त्यसैले हातलाई किटाणुमुक्त बनाउन सहि तरिकाले साबुनपानीले मिचिमिची हात धुन आवश्यक पर्छ ।
हात धुँदा विश्व स्वास्थ्य संगठनले तयार पारेको निम्न विधि अवलम्बन गर्नु जरुरी छ

हातलाई पानीले भिजाउने र हातको अगाडी पछाडी दुवैतर्फ साबुन दल्ने
दुवै हातलाई एक आपसमा दल्ने र साबुन फिजाउने
दाहिने हातलाई देव्रे हातमाथि राख्ने र औंलाहरुको बिचमा पनि पर्ने गरि दल्ने र देव्रे हातमा पनि सो दोहोराउने
दुवै हात जोडेर औंलाहरूको बीचमा सफा गर्ने
दुई हातलाई एक आपसमा मुट्ठी पारेर कस्ने र औंलाको पछाडीको भाग सफा गर्ने
दाइने बुढी औलालाई देव्रे मुठ्ठीले समात्ने अनि सफा गर्ने र अर्को हातमा पनि दोहोर्याउने
देव्रे औंलाको टुप्पोहरुले दाहिने हातको हत्केला सफा गर्ने र अर्को हातमा पनि दोहोर्याउने
सफा पानीले हात पखाल्ने
हातलाई सफा रुमालले पुछ्ने


यो सबै प्रकियालाई कम्तीमा ४० देखि ६० सेकेन्ड समय लगाउन जरुरी छ ।
सुरुसुरुमा यो प्रक्रिया गाह्रो र झन्झटिलो हुने भए पनि यो विधिअनुसार हात धोएमा यसले हातको सबै भागमा सफा गर्छ र किटाणुमुक्त बनाउँछ । यसलाई सजिलो तरिकाले चित्रमा यसरी देखाइएको छ ।
आफ्नो हात धुन एक मिनटको समय खर्च गरेमा यसले हाम्रो शरीरलाई स्वस्थ राख्न त मद्दत गर्छ नै, आफ्नो बालबच्चाहरुमा हुने अकालको मृत्युबाट पनि बचाउँछ । त्यसैले हरेक दिनको केही मिनेट हात धुनलाई छुट्टाएर आफू पनि स्वस्थ जीउने र साथसाथै आफ्नो परिवारलाई पनि स्वस्थ जीवनको उपहार दिने कि ।

Saturday, April 22, 2017

चलेको छ चर्चा चुनावको


एक देखि हजार सम्म
गाउँ देखि बजार सम्म
रेडियो देखि टिभी सम्म
अनि,
सडक देखि सदन सम्म
चलेको छ चर्चा चुनावको।

Tuesday, April 11, 2017

नयाँ बर्षको शुभकामना

सबैको मनमा नयाँ बर्षले खुसी बोकेर आओस।
चुहिने ती झुपडिहरु ओतेर आओस ।

बिन्ती पत्र

म अचाइनो मा पल्टिरहन्छु, तिमी दाउ बनेर आउ।
मेरो लास माथी टेक्ने कठोर पाउ बनेर

Tuesday, January 10, 2017

सुझाव जनताको

Add caption
मुक्तक
जुट र फुटको राजनिती, त्याग भो नेता। होइन भने देश छोडी, भाग भो नेता।

Monday, January 9, 2017

सडक र जीवन


मुक्तक :सडक र जीवन


आकाश को सिरक धर्तीको डसनामा जिउने तर्फ ध्यान जाओस देशको। फाटेका लुगा मनै मनले सिउने तर्फ ध्यान जाओस देशको।

कुन्दिनी

पिता जयश्वर र माता फुलमतिको सहवासबाट पाँचौ सन्तानको रुपमा जन्म लिएकी कुन्दिनीमाथि चार दिदी र मुनि एउटा भाइ छ । कुन्दिनी तीन वर्षकी लाग्दा उसकी आमाको कोखबाट उसको भाइको जन्म भएको थियो । चार दिदीले भोग्नु परेको दुख उसले भोगिन कारण भाइ जन्मिएको श्रेय उसको भाग्यलाई गएको छ । आमा फुलमति पनि छोरो जन्मिएपछि सुख पाएकी छिन् । चार दिदीको विवाह भैसकेको छ । जेठी र माइलीलाई चोरेर लगेका रे, साइली र काइलीलाई पिता जयश्वरले नै पराईको हातमा थमाइदिए । भाइ जन्मिएपछिको दश वर्ष भाइसँगै रमाउँदै बिताएकी कुन्दिनीलाई वरिपरिका छिमेकीले भन्छन्

मेरो नेपाल

काला पत्थर हिउँ ले यहाँ, छोपेको नेपाल। सहिद का रगतले धर्ती यहाँ, पोतेको नेपाल।
भृकुटी सीता जस्ता कर्मठ नारी जन्माउने देश। जनक ले धर्ती यहाँ ,

अन्जान संघर्ष

                  कथा: अन्जान संघर्ष 

धेरै दिन भयो उनले मलाई भेट्न खोजेको । जहिले म अफलाइन हुँदा मेसेज पठाउदा रहेछन् फेसबुकमा । अफिस सकेर कोठामा पुग्दा पाँच बजेर एकतिस मिनेट बजाएको थियो एनसेल नेटवर्कको मेरो मोबाइलले । हत्तपत्त फेसबुक खोले मेसेज आएको रहेछ उनैले पठाएका रहेछन् मेरा बालापनका हितैसी मित्र अन्जान । आज मलाई कल गर्नुहोला भनेर फोन नम्बर पनि पठाएका रहेछन् । उनको घर ताराखोला, बागलुङको पश्चिमी भेग । मेरै घर छेउमा उनको मामा घर, मामा घरमै बसेर कक्षा सातसम्म पढेका अन्जानसँगको सात वर्षको फ्रेन्डसीप हरपल मस्तिष्कमा आइरहन्थ्यो । दशै बिदामा घर गएका उनी कहिल्यै फर्केर आएनन् । चौध वर्ष पछि फेसबुकमा