सबैको मनमा नयाँ बर्षले खुसी बोकेर आओस।
चुहिने ती झुपडिहरु ओतेर आओस ।
नझरुन मोतिका दाना कसैका आखाँबाट ।
भत्किन लागेका आँखाका कुवा पोतेर आओस ।
नयाँ नेपालको आश मा बाँच्ने हामी नेपाली ।
शान्तिका बिज छरी फाँटमा जोतेर आओस ।
परिवर्तन ल्याओस सोचमा नयाँ बर्ष ले ।
कुसंस्कार र कुविचार रोकेर आओस ।
आकाश र धर्ती को मिलन सम्भब त छैन ।
सम्भावित बाटो हरु सोचेर आओस ।
No comments:
Post a Comment