Tuesday, April 11, 2017

बिन्ती पत्र

म अचाइनो मा पल्टिरहन्छु, तिमी दाउ बनेर आउ।
मेरो लास माथी टेक्ने कठोर पाउ बनेर
आउ।

जिन्दगी ले ठगिदियो ठिकै छ ठगोस ।
पीडा का ऋण थपिदिने साहु बनेर आउ ।

जिन्दगी जिउन मैले जानिन के गरु ।
जिन्दगि लाई डुबाउने तलाउ बनेर आउ ।

तयार छु अझै के गर्नु छ गर ।
दुखाइ का पीडा थप्ने घाउ बनेर आउ ।

म बाचेको देख्ने तिम्रो इक्षा छैन भने ।
धर्ती भित्र दबाउने दबाउ बनेर आउ ।

No comments:

Post a Comment