उ त यो देशकी छोरी होइन ।
उ त विकटकी छोरी हो ।
मिडिया र पहुँच उ सम्म पुग्दैन ।
उ त बाउ आमाकी मात्रै निकटकी छोरी हो ।
सिंह दरवार गाउँ गाउँ मा पुगेको सुनिन्छ ।
र पनि उसको मुख गाउँमै थुनिन्छ ।
दुइचार जना भलादमी सँगै बैठक बसिन्छ ।
उसको इज्जत र न्याय गाउँमै सकिन्छ ।
पिँडाले जल्दा पनि मौन, के उसको चितकार होइन ?
उ अझै जिउँदै छे , त्यसैले उसको बलात्कार होइन ?
शक्ति हुने हरुले गरिब निमुखालाइ हेप्छ ।
साच्चै भन्ने हो भने अदालतमा पनि विभेद छ ।
यो देशमा कहिले सम्म पहुँच हुने हरुको हार हुँदैन ?
ऎ न्यायालय फासीमा झुन्डिनेहरुको बलात्कार हुँदैन ?
No comments:
Post a Comment